Dhulikhel Eco Banner new

सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा मधेश प्रदेशमा बृक्षारोपण सम्पन्न

2.29K
shares

काठमाडौं, २६ जेठ । सिटिजन्स बैंकले विश्व वातावरण दिवस २०२५ को अवसरमा मधेश प्रदेश,जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३, मणी मण्डपमा करिव १०० भन्दा बढि विभिन्न प्रजातिका विरुवा रोपेर बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले ‘बिट द प्लाष्टिक ’भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गते सोमबार दिन मधेश प्रदेशको धनुषामा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा स्वस्थ शिविर सन्चालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेका हो ।

हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड  बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड ”९भर्चुअल क्रेडिट कार्ड० सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।