नेपालमा प्रोटोनको उपस्थिति विस्तार, पोखरामा खुल्यो नयाँ शोरुम
वि.सं.२०८२ साउन १३ मंगलवार १२:१८
shares

काठमाडौं, १३ साउन । नेपालमा विद्युतीय सवारी साधनको पहुँचलाई विस्तार गर्दै प्रोटोन नेपालले पोखराको बुद्ध चोकमा आफ्नो नयाँ शोरुमको भव्य उद्घाटन गरेको छ। पर्यटकीय सहर पोखरामा प्रोटोनको यो उपस्थिति कम्पनीको देशभर विद्युतीय सवारी साधन नेटवर्क निर्माण गर्ने दिगो योजनाको महत्वपूर्ण हिस्सा बनेको छ।
कम्पनीका अनुसार नयाँ शोरुममार्फत ग्राहकहरूले प्रोटोन इमास ७ को प्रत्यक्ष अनुभव लिन सक्नेछन् भने टेस्ट ड्राइभ, व्यक्तिगत परामर्श, सजिलो फाइनान्स योजना र सरकारी अनुदान विकल्पहरूको समेत सहज जानकारी र पहुँच प्राप्त गर्न सक्नेछन्। बिक्री पछिको सेवा अझ प्रभावकारी बनाउन प्रोटोन नेपालका आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा आफ्नो तेस्रो सर्भिस सेन्टरको स्थापना समेत गरेको छ।
शोरुमको उद्घाटन समारोह वेस्टर्न अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा वडाको कार्यकारी समिति, एफएनसीसीआई, होटल एसोसिएसन नेपाल(पोखरा च्याप्टर, एनवाईईएफ लगायतका निकायका प्रतिनिधि तथा मिडियाकर्मीहरूको उपस्थिति रहेको थियो।
शोरुम उद्घाटनसँगै प्रोटोन इमास ७ को औपचारिक प्रदर्शन गरिएको थियो। उपस्थित पाहुनाहरूलाई यस विद्युतीय कारको स्मार्ट प्रविधि, दिगो यातायातमा योगदान, र पर्यावरणीय जिम्मेवारीबारे जानकारी गराइएको थियो।
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले पोखरालाई प्रोटोनको सेवा विस्तारको अर्को गौरवपूर्ण थलो भएको भन्दै यस क्षेत्रका नागरिकहरूलाई स्वच्छ र स्मार्ट गतिशीलता अझ सजिलो बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले पोखराको प्राकृतिक सौन्दर्य र प्रविधिमैत्री सोच प्रोटोनको दृष्टिकोणसँग मेल खाने बताए।
उद्घाटन अवसरमा कम्पनीले पोखराका ग्राहकहरूका लागि पहिलो हप्तासम्म शून्य प्रतिशत ब्याजदरमा कार खरिद गर्न सकिने विशेष अफर पनि घोषणा गरेको छ। यो अफर र सेवा विस्तारले प्रोटोनलाई पोखराको अटोमोबाइल क्षेत्रमा नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
नेपालमा विद्युतीय सवारी साधनप्रति चासो र अपनत्व बढ्दो क्रममा रहेको बेला प्रोटोनको पोखरा प्रवेशले स्वच्छ ऊर्जा र दिगो यातायात अभियानमा थप गति प्रदान गरेको स्पष्ट देखिएको छ।

















