Dhulikhel Eco Banner new

उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकममा भने गिरावट

2.85K
shares

काठमाडौं, १३ साउन । मंगलवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३०.४९ अंकले बढेर ३००१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १८ अर्ब ५२ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा मुक्तिनाथ कृषी कम्पनी, ट्रेड टावर र सान्भी इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, समता घरेलु लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ८.६० प्रतिशतका दरले गुमाएका छन्