Dhulikhel Eco Banner new

नेपालमा पहिलो पटक ‘एमजी आईएम ६’ इन्टेलिजेन्ट इभि सवारी साधन सार्वजनिक

3.11K
shares

काठमाडौं, १६ साउन । नेपालको विद्युतीय सवारी क्षेत्रको विकासमा ऐतिहासिक मोड ल्याउँदै प्यारामाउन्ट मोटर्सले एमजी आईएम ६ नामक नयाँ इन्टेलिजेन्ट प्रिमियम विद्युतीय अर्बन एसयूभी भव्य रूपमा सार्वजनिक गरेको छ।

राजधानीमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको एमजी आईएम ६ अब देशभरका एमजीका अधिकृत सोरूमहरूमा परीक्षण सवारी र बुकिङका लागि उपलब्ध भइसकेको छ। यो सवारी साधन भविष्यप्रविधिमा आधारित स्मार्ट, सुरक्षित, लक्जरीयुक्त र वातावरणमैत्री रहेको छ।

एमजी आईएम ६ गाडीले कृत्रिम बुद्धिमत्ता प्रविधिको प्रयोग गरी यात्रुलाई थप सहज र सुरक्षित अनुभव प्रदान गर्नेछ। यस सवारीमा उच्च क्षमता भएको ब्याट्री जडान गरिएको छ । एकपटक पूर्णरूपमा चार्ज गरेपछि ५०० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्छ।

यस गाडीको रूपरेखा र भित्री सजावट अत्यन्तै आकर्षक र आरामदायी बनाईएको छ। लक्जरी अनुभव प्रदान गर्छ। गाडीमा वायुप्रवाह नियन्त्रणयुक्त पाङ्ग्रा, भिजेको मौसममा स्पष्टता दिने प्रविधि, एक स्पर्शमा सवारी पार्क गर्न मिल्ने सुविधा, अनि स्वतः पछाडि फर्कने प्रणाली पनि समावेश गरिएको छ।

गाडीमा प्रयोग गरिएको स्मार्ट च्यासिस प्रणालीले यात्रा दौरान सुरक्षालाई उच्च प्राथमिकता दिन्छ र आवश्यकता अनुसार गाडीको चाल अनुकूलन गर्छ। यस सवारीमा चालक र यात्रु दुवैका लागि सहजता सुनिश्चित गर्न विभिन्न प्रकारका स्मार्ट सुविधा जस्तै ताप नियन्त्रण, स्वचालित पार्किङ, दृश्य स्पष्ट पार्ने प्रणाली, र चालक सहायता प्रविधिहरू प्रयोग गरिएको छ।

यात्राका क्रममा गाडीको अवस्था, ब्याट्रीको स्थितिदेखि गाडीको स्थान पत्ता लगाउने कार्यसम्म मोबाइलबाटै नियन्त्रित गर्न सकिने सुविधा पनि उपलब्ध छ।एमजी आईएम ६ सवारी अहिले देशभरका सबै अधिकृत एमजी सोरूमहरूबाट बुकिङका लागि उपलब्ध रहेको जानकारी दिइएको छ। यस गाडीको आगमनसँगै नेपालमा विद्युतीय सवारी साधनको विकासमा नयाँ युगको सुरुवात भएको विश्वास गरिएको छ।

प्यारामाउन्ट मोटर्सले यसअघि पनि एमजी ब्रान्डअन्तर्गत विद्युतीय सवारी साधनहरू नेपाली बजारमा ल्याइसकेको छ र यो नयाँ मोडेल थप परिष्कृत र प्रविधिमैत्री रहेको कम्पनीले जनाएको छ।