अब सवारी चालक अनुमतिपत्र अब १० वर्षसम्म
वि.सं.२०८२ साउन १६ शुक्रवार १६:४३
4.55K
shares
shares

काठमाडौं, १६ साउन । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षसम्म मान्य हुने भएको छ। सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेसँगै लाइसेन्सको अवधि आधिकारिक रूपमा ५ वर्षबाट बढाएर १० वर्ष पुर्याइएको हो।
संशोधन पश्चात् सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ५४ को उपदफा ३ मा परिवर्तन गरी अब सवारी चालक अनुमतिपत्रको बहाल अवधि १० वर्ष कायम गरिएको छ। साथै, लाइसेन्स नवीकरणपछि पनि त्यो १० वर्षका लागि नै मान्य हुने व्यवस्था गरिएको छ। यसअघि नवीकरण गरेपछि ५ वर्ष मात्र मान्य हुने प्रावधान थियो।

















