Dhulikhel Eco Banner new

सामसङ इनोभेसन क्याम्पसका ५६ विद्यार्थीलाई प्रमाणपत्र वितरण

2.52K
shares

काठमाडौं, ५ भदौ । सामसङ इनोभेसन क्याम्पसले कोडिङ र प्रोग्रामिङ तालिमको तेस्रो ब्याच सफलतापूर्वक सम्पन्न गरेका ५६ जना विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गत पूर्वीय इन्जिनियरिङ क्याम्पसका यी विद्यार्थीहरूलाई आज एक विशेष कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो।

उक्त कार्यक्रम त्रिभुवन विश्वविद्यालयका कुलपति प्रो। डा। दीपक आर्यल, पूर्वीय क्याम्पसका प्रमुख डा. सञ्जय उप्रेती र इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रो. डा. सुशील बी. बज्राचार्यको उपस्थितिमा सम्पन्न भएको हो।

सामसङ नेपाल कार्यालयका मानवश्रोत प्रबन्धक जयन्त मणि कायस्थले भने, “कोडिङ र प्रोग्रामिङको तेस्रो ब्याच सफलतापूर्वक पूरा भएकोमा हामी अत्यन्तै उत्साहित छौं। सामसङ इनोभेसन क्याम्पसले नेपाली युवाहरूलाई भविष्यमुखी सीपहरू प्रदान गरी सशक्त बनाउँदै आएको छ। त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा हामीले कृत्रिम बौद्धिकता , ठूलो डाटा र इन्टरनेट अफ थिङ्स को तालिमलाई अझ प्रभावकारी बनाउँदै लैजाने लक्ष्य राखेका छौं।”

सन् २०२२ को डिसेम्बर महिनामा त्रिभुवन विश्वविद्यालयमा सुरु गरिएको सामसङ इनोभेसन क्याम्पस कार्यक्रमले नेपाली युवाहरूलाई प्रविधिमैत्री दक्षता विकास गर्न निरन्तर तालिम दिँदै आएको छ। एल्गोरिदम, डाटा संरचना र प्रोग्रामिङको आधारमा विद्यार्थीहरूको छनोट गरिने यस कार्यक्रममा अहिले सम्म धेरै विद्यार्थीहरू लाभान्वित भइसकेका छन्।

डीन प्रो। डा। सुशील बी। बज्राचार्यले भने, “नेपालमा यति उत्कृष्ट र भविष्यमुखी कार्यक्रम सञ्चालन गर्न सामसङसँग सहकार्य गर्न पाउनु हामी सबैका लागि गर्वको विषय हो। विद्यार्थीहरूले सिकेका सीपहरू केवल अकादमिक मात्र नभई व्यवहारिक दुनियाँमा समेत उपयोगी छन्, र हामी आगामी दिनमा सिकाइको दायरा अझ विस्तार गर्न चाहन्छौं।”

कार्यक्रममा विद्यार्थीहरूले केवल प्राविधिक तालिम मात्र नभई रोजगारीमा उपयोगी सीपहरू – समस्या समाधान, सृजनात्मकता र संवाददक्षता ९क्यात क्पष्ििक० पनि सिक्ने अवसर पाउँछन्। साथै, तिनीहरूले आफूले सिकेका सीपहरू प्रयोग गरी सामाजिक महत्वका परियोजनाहरूमा काम गर्दै, वास्तविक जीवनका चुनौतीहरूको समाधान खोज्ने अभ्यास पनि गर्दछन्।

सामसङ इनोभेसन क्याम्पस नेपाली युवाहरूलाई प्रविधिको माध्यमबाट सशक्त बनाउने उद्देश्यसहित सञ्चालन गरिएको एक दीर्घकालीन कार्यक्रम हो।