सिप्रदी अटोपार्ट्सको लक्की ड्रमा मोटरसाइकल, स्कुटर, स्मार्ट टिभी र मोबाइल फोनका विजेता घोषणा
वि.सं.२०८२ मंसिर ३ बुधवार १०:५८
shares

काठमाडौं, ३ मंसिर । सिप्रदी अटोपार्ट्स प्रा.लि.ले देशभर सञ्चालन गरेको “पर्वको बेला टाटा सक्कली पार्ट्सको मेला” योजना सफलतापूर्वक सम्पन्न भएको छ। ठूलो संख्यामा ग्राहकको सहभागिता र सकारात्मक प्रतिक्रियाबीच यस योजनाअन्तर्गत परेको लक्की ड्रको नतिजा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। मंसिर २८ गते नोभेम्बर १४, २०२५० सम्पन्न ‘टाटा सक्कली पार्ट्स टाइगर्स मिट २०२५’ कार्यक्रममा विशेष रूपमा विजेताहरू घोषणा गरिएको थियो। उक्त कार्यक्रम सिप्रदी अटोपार्ट्सको आधिकारिक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।
विजेताहरू घोषणा गर्ने समारोहमा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, प्रमुख सञ्चालक अधिकृत राजेश प्रसाद गिरी, उपाध्यक्ष सौरभ थपलिया तथा सिप्रदी अटोपार्ट्सका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी सहितका प्रतिनिधिहरू उपस्थित थिए।
यस वर्षको बम्पर पुरस्कारतहत बजाज पल्सर १५० सि.सी. मोटरसाइकल ईस्टर्न रोडलाइफ ले जित्यो, जसले विराटनगरस्थित बंगलामुखी मोटर ट्रेडर्स मार्फत टाटा सक्कली पार्ट्स खरिद गरेको थियो। दोस्रो ठूला पुरस्कारतहत टिभिएस एनटर्क १२५ सि.सी. स्कुटर काठमाडौँको कुलेश्वरमा रहेको विज्ञान अटोमोबाइल्स बाट सामान खरिद गर्ने ग्राहक सगर राउतले प्राप्त गरे। यस्तै, स्मार्ट टेलिभिजन को पुरस्कार गोयङ्का फुड्स प्रा.लि. ले हात पार्यो, जसले बुटवलस्थित गण्डकी अटो ट्रेडिङ बाट पार्ट्स खरिद गरेको थियो। मोबाइल फोन पुरस्कार वण्डरल्यान्ड बोर्डिङ स्कुल ले जित्यो, जसले डामकस्थित एस।टी। ट्रेडर्स मार्फत खरिद गरेको थियो।
सिप्रदी अटोपार्ट्सका अनुसार टाटा मोटर्सका सक्कली पार्ट्स, अटोमोबाइलमा प्रयोग हुने विशेष तरल पदार्थ तथा टाटा ड्युराफिट पार्ट्सले सवारीसाधनको सुरक्षा, दीर्घायु र समग्र कार्यसम्पादनमा ठूलो प्रभाव पार्दै आएका छन्। यसले गर्दा ग्राहकको विश्वास र रोजाइ निरन्तर बढिरहेको कम्पनीले जनाएको छ।
सिप्रदी अटोपार्ट्स प्रा.लि.ले देशभर गुणस्तरीय तथा सक्कली पार्ट्स उपलब्ध गराउने, भरपर्दो बिक्री–पछिको सेवा प्रदान गर्ने र ग्राहकलाई केन्द्रमा राखेर सञ्चालन हुने योजनामार्फत विश्वासलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
















