Dhulikhel Eco Banner new

गैर सञ्चालन आम्दानी घटेपछि ङादी ग्रुपको नफामा भारी गिरावट

4.72K
shares

काठमाडौं, २९ साउन । ङादी ग्रुप पावर लिमिडेटको खुद नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार कम्पनीको नाफा ३५.१९ प्रतिशतले घटेको हो ।

गत आर्थिक वर्षमा कम्पनीले ७ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.१९ प्रतिशत घटेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ११ करोड ७४ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी बढे पनि गैर सञ्चालन आम्दानी घटेपछि खुद नाफा घट्न पुगेको हो ।

सो अवधिसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी ४४.४५ प्रतिशत बढेर १२ करोड ७५ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, कम्पनीको कुल नाफा ५०.०२ प्रतिशत बढेको छ भने गैर सञ्चालन आम्दानी ३२.४९ प्रतिशत घटेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ १७ पैसा घटेर १० रुपैयाँ ७७ पैसा मा झरेको छ । सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २७.५७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ८० पैसा रहेको छ ।

असार मसान्तसम्ममा ७० करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ८ करोड ३४ लाख रुपैयाँ रहेको छ ।