Dhulikhel Eco Banner new

भारतीय शेयर खेलाडि झुनझुनवालाको निधन

5.67K
shares

काठमाडौं, २९ साउन । शेयर बजारका चर्चित खेलाडिका रुपमा परिचित राकेश झुनझुनवालाको निधन भएको छ । उनलाई शेयरको बादशाह समेत भर्ने गरिन्थ्यो ।

भारतीय वारेन बफेटका नामले समेत परिचित झुनझुनवालाको आइतबार ६२ वर्षको उमेरमा निधन भएको हो । आयकर विभागका अधिकारीका छोरा झुनझुनवाला भारतीय शेयर बजारमा बिग बुलको नामले समेत परिचित थिए ।

झुनझुनवालाको आइतबार बिहान उपचारको क्रममा अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । झुनझुनवालासँग ५ अर्ब ८० करोड अमेरिकी डलर बराबरको सम्पत्ति थियो । झुनझुनवाला सन् १९८५ मा ५ हजार रुपैयाँ लगानी गरेर शेयर बजारमा प्रवेश गरेका थिए । उनले सन् १९८६ मा पहिलो शेयर बजारबाट पहिलो पटक नाफा कमाएका थिए ।