Dhulikhel Eco Banner new

नेपाल लाइफ लिडरसिप एक्सिलेन्स अवार्ड २०२६

299
shares

काठमाडौं,११ भदौ ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो रजत जयन्तीको अवसरमा आयोजना गरेको “Leadership Excellence Awards 2026” भव्य रूपमा सम्पन्न गरेको छ।

काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट प्रदर्शन गर्ने देशभरका ६३७ जना अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी भएका थिए।

कार्यक्रममा सञ्चालकहरू कमलेश कुमार अग्रवाल, विमल प्रसाद ढकाल, प्रबिन प्रकाश क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए। कार्यक्रममा नेपाल लाइफले आर्थिक वर्ष २०८२/८३ मा रु. १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क (FPI) संकलन गरी ऐतिहासिक उपलब्धि हासिल गरेको जानकारी दिइयो।

वक्ताहरूले व्यवसाय विस्तारसँगै सुशासन, नियामकीय पालना, AML/CFT तथा व्यावसायिक नैतिकतालाई प्राथमिकता दिन आग्रह गरे। साथै, कम्पनीले आगामी दिनमा डिजिटल रूपान्तरण, Data-आधारित निर्णय, Automation र ग्राहकमैत्री डिजिटल सेवालाई तीव्रता दिने प्रतिबद्धता जनाएको छ।

कार्यक्रममा उत्कृष्ट अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूलाई पदक, सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरियो। नेतृत्व विकास, व्यावसायिक समीक्षा, प्रेरणादायी सत्र तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो।

नेपाल लाइफले २५ वर्षको यात्रामा रु. २८५ अर्बको जीवन बीमा कोष, ९९.१३ प्रतिशत मृत्यु दाबी भुक्तानी दर, ५५.७९ लाखभन्दा बढी पोलिसी तथा रु. ३६२ अर्ब कुल बीमा शुल्क संकलन गरेको जनाएको छ। कम्पनीले नेपाल सरकारलाई हालसम्म रु. १७.७१ अर्ब कर तिरेको छ।

“Everest Year – Clouds and Beyond” अभियानमार्फत नेपाल लाइफले ग्राहकको विश्वास, प्रविधि, नवप्रवर्तन, उत्कृष्ट सेवा र सुशासनलाई केन्द्रमा राख्दै आगामी दिनमा थप उचाइ र नयाँ कीर्तिमान हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।