Dhulikhel Eco Banner new

५० लाखभन्दा कममा स्काईवेल BE11, नाडा अटो शोमा बढ्दो आकर्षण

403
shares

काठमाडौं,११ भदौ । काठमाडौंमा जारी नाडा अटो शो २०२६मा चिनियाँ लक्जरी ईभी ब्राण्ड स्काईवेलको BE11 प्रति अवलोकनकर्ताको आकर्षण बढेको छ। ४ हजार ७२० एमएम लामो यो ईभी ५० लाख रुपैयाँभन्दा कम मूल्यमा सार्वजनिक भएपछि विशेष चासोको विषय बनेको हो।

एलआरआर मोटर्सले नेपालमा ल्याएको BE11 को इन्ट्री भेरियन्टको नियमित मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। नाडा अटो शो अवधिभर भने कम्पनीले विशेष अफरअन्तर्गत यसको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ राखेको छ।

BE11 मा ४१० र ५२० किलोमिटर रेन्जका विकल्प छन्। ५२० किलोमिटर रेन्ज दिने भेरियन्टमा ७१.९८ किलोवाट आवरको NMC ब्याट्री तथा ४१० किलोमिटर रेन्ज दिने भेरियन्टमा ५१.९१ किलोवाट आवरको LFP ब्याट्री रहेको कम्पनीले जनाएको छ। दुवैमा १५० किलोवाटको मोटर छ।

पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट, १९७ एमएम ग्राउण्ड क्लियरेन्स र आधुनिक डिजाइन यसको प्रमुख विशेषता हुन्। DC फास्ट चार्जरबाट ३५ मिनेटमा ७० प्रतिशतसम्म चार्ज हुने कम्पनीको दाबी छ।

नाडा अटो शोमा स्काईवेलको स्टल एच–१९ मा रहेको छ।