Dhulikhel Eco Banner new

भारतबाट घटेर आयाे पेट्रोलियम पदार्थको मूल्य

4.37K
shares

काठमाडौं, १९ चैत । नेपाल आयल निगमलाई भारतीय आयल निगम (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । आईओसीले शनिबार पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा १ रुपैयाँ ७४ पैसा र डिजेलमा ६ रुपैयाँ ८२ पैसा मूल्य घटेर आएको हो ।

हाल बजारमा पेट्रोलको खुला बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजेलको १७५ रुपैयाँ कायम छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गए पनि सो अनुपातमा स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेलमा प्रतिलिटर १५ रुपैयाँ नाफा रहेको छ ।

आईओसीले हरेक १५ दिनमा अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गर्दछ ।