Dhulikhel Eco Banner new

संयुक्त एम्बुलेन्स चालक संघ धनुषाको अध्यक्षमा राजेश यादव

7.37K
shares

जनकपुरधाम, १९ चैत । संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल धनुषाको अध्यक्षमा राजेश कुमार यादव सर्वसम्मत चयन भएका छन् । जनकपुरधाममा भएको संघको जिल्ला भेलाबाट अध्यक्षमा यादव सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै संघको उपाध्यक्षमा अरुण कापर, सचिवमा अनिल कुमार लाल कर्ण र कोषाध्यक्षमा दिपेन्द्र प्रसाद शर्मा चयन भएका छन् । संघको सदस्यहरुमा महेश दास, दीपेन्द्र यादव, मनोज यादव, विमलेश चौधरी, नरेश यादव लगायतका छन् ।

संघको भेलामा जसपा नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले इमान्दारिता पूर्वक सेवा प्रदान गर्न एम्बुलेन्स चालकहरुलाई आग्रह गरे । संयुक्त एम्बुलेन्स संघका केन्द्रीय अध्यक्ष नवराज लामिछाने, केन्द्रीय सदस्य सुजित कुमार पुर्वे, दिलिप दास, साथै मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका सम्पुर्ण एम्बुलेन्स चालकहरुको उपस्थिति रहेको थियो । भेलामा एम्बुलेन्स चालकहरुले सामाजिक सुरक्षा कोषमा आफूहरुलाई पनि समावेश गर्न सरकारसँग माग गरेका छन् ।