Dhulikhel Eco Banner new

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, ७० हजार ५५० जनाले पाए १० कित्ता शेयर

1.03K
shares

काठमाडौं, ११ असार । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजले आईपीओ बाँडफाँड भएको छ। सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ आज बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा शेयर बाँडफाँड गरेको हो।

कम्पनीले जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणलाई ७ लाख ५ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा २८ लाख ९४ हजार २ सय ३२ जनाको आवेदन परेको थियो । जस मध्ये २८ लाख ५० हजार २५ जनाको आवेदन मात्र योग्य भएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । जसअनुसार ७० हजार ५ सय ५० जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।

नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले विभिन्न प्राइमर तथा रङ्गहरु उत्पादन गरि बिक्री वितरण गर्दै आएको छ। कम्पनीका अध्यक्ष शिव सिंह कार्की हुन् भने अन्य संचालकमा लक्ष्मीई दत्त पाण्डेय , नविन प्रसाद भट्ट र कमलेश पाण्डेय रहेका छन्।