Dhulikhel Eco Banner new

मकर जितुमायाको आईपीओ आजदेखि आवेदन दिन सकिने

4.41K
shares

काठमाडौं, १९ चैत । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओ बाँडफाँट गरेपछि आम सर्वसाधारणका लागि आईपीओ खुल्ला गरेको हो ।

कम्पनीले १४ लाख ४९ हजार ४०० कित्ता शेयरका लागि आवेदन दिन सकिने छ । जसमध्ये ८० हजार ७० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र ३२ हजार २८ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १३ लाख ३७ हजार ३०२ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० कित्ता अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा चैत २२ गते हुनेछ भने ढिलोमा २०८० वैशाख ३ गते हुनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आश्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आश्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।