Dhulikhel Eco Banner new

अमेरिकी डलरको मूल्य स्थिर

4.2K
shares

काठमाडौं, १९ चैत । आइतबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । शनिबार २८ पैसा घटेको मूल्य आइतबार भने अघिल्लो दिनकै मूल्यमा खरिद बिक्री भएइरहेको हो ।

नेपाल राष्ट्र बैंकले आइतबारका लागि जारी गरेको विदेशी विनियमदर अनुसार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा रहेको छ । शनिबार पनि अमेरिकी डलरको खरिददर र बिक्रीदर यति नै रहेको थियो ।

त्यस्तै आइतबार युरोको विनमयदरमा पनि कुै परिवर्तन आएको छैन् । आज युरो एकका खरिद १४२ रुपैयाँ ७७ पैसा रहेको छ । त्यस्तै युरो एकको बिक्रीदर १४३ रुपैयाँ ४२ पैसा कायम गरिएको छ । आइतबारका लागि तोकिएको विदेशी विनिमयदर अनुसार बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा रहेको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ८४ पैसा र बिक्रीमा ९७ रुपैयाँ २८ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ ६४ पैसा र बिक्रीमा ९९ रुपैयाँ ९ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा तय गरिएको छ ।

साउदी रियाल खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ८८ पैसा रहेको छ ।