Dhulikhel Eco Banner new

चिलिमे हाइड्रोपावरको विद्युत बिक्री आम्दानी १ अर्ब १२ करोड

2.67K
shares

काठमाडौं, २८ साउन । चिरख्वा हाइड्रोपावरले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले विद्युत बिक्री गर्न थालेको छ।

कम्पनीले विद्युत बिक्री मार्फत १ अर्ब १२ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको छ। गत जेठ २० गतेदेखि विद्युत बिक्री शुरु गरेको विवरणमा उल्लेख छ। सो अवधिसम्ममा कम्पनीको कुल आम्दानी १ करोड ५ लाख रुपैयाँ रहेको छ भने कुल खर्च ८० लाख रुपैयाँ रहेको छ।

कम्पनीको नोक्सानी भने अझै ३८ लाख ६१ हजार रुपैयाँ बाँकी छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ९७ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ १७ पैसा रहेको छ। ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ७३ लाख २५ हजार रुपैयाँ ऋणात्मक रहेको छ।