Dhulikhel Eco Banner new

सुनको मूल्यमा सामान्य गिरावट

2.48K
shares

काठमाडौं, २८ साउन । स्थानीय बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार १ सय घटेर तोलामा १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

त्यस्तै सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७१५ रुपैयाँ कायम भएको छ । अघिल्लो चाँदीको मूल्य तोलामा १ हजार ७२० रुपैयाँ कायम भएको थियो ।