Dhulikhel Eco Banner new

अप्पर तामाकोशी हाइड्रोपावरको नोक्सानी घट्यो

4.43K
shares

काठमाडौं, २९ साउन । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडको नोक्सानी गत आर्थिक वर्षको तुलनामा घटेको छ।

कम्पनीले गत आर्थिक वर्षमा ८ अर्ब ७५ करोड रुपैयाँको बिजुली बिक्री गरेको छ । बिजुली बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ७.९ प्रतिशत बढी हो । विद्युत् बिक्री आम्दानी देखिए पनि कम्पनी भने गत आर्थिक वर्षमा पनि नोक्सानीमा गएको देखिएको हो ।

अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ९ करोड रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब ६८ करोड नोक्सानीमा रहेको छ।

कम्पनीको सञ्चालन आम्दानी २८.३३ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय आम्दानी २३.१७ प्रतिशत र वित्तीय खर्च ७.६८ प्रतिशत घटेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६९ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ५६ रुपैयाँ ८८ पैसा रहेको छ। २१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने ९ अर्ब १३ करोड रुपैयाँ ऋणात्मक रहेको छ।