सुनको मूल्य हालसम्मकै उच्च
वि.सं.२०८१ साउन २९ मंगलवार ११:१८
2.41K
shares
shares

काठमाडौं, २९ साउन । स्थानीय बजारमा मंगलबार सुनको मूल्य २१ सय रुपैयाँले बढेको हो । यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १ लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य मंगलबार २५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य मंगलबार तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको छ ।

















