Dhulikhel Eco Banner new

पञ्चकन्या हाइड्रोपावरको ३५ लाख २४ हजार खुद नाफा

2.83K
shares

काठमाडौं, २९ साउन । पञ्चकन्या माइ हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३५ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी १ करोड २५ लाख रुपैयाँ नोक्सानीमा थियो।

विवरण अनुसार अघिल्लो आर्थिक वर्षसम्ममा नोक्सानीमा रहेको यस कम्पनी, गत आर्थिक वर्षमा नाफामा पुगेको छ। आम्दानी घटेपनि खर्च घटेका कारण कम्पनी नाफामा पुगेको हो।

कम्पनीको कुल सञ्चालन आम्दानी ३.३३ प्रतिशत घटेको छ भने कुल सञ्चालन खर्च ७.०४ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल सञ्चालन नाफा २.८१ प्रतिशत र कुल प्रशासनिक र अन्य खर्च ७.३५ प्रतिशत घटेको छ।

 कम्पनीको प्रतिशेयर आम्दानी ३२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ८३ रुपैयाँ ४१ पैसा रहेको छ। १ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने १८ करोड २५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।