सगरमाथा जलविद्युतको लाभांश घोषणा
वि.सं.२०८१ कात्तिक ९ शुक्रवार ११:२७
shares

काठमाडौं, ९ कात्तिक । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनी सञ्चालक समितिको बैठकले चुक्तापुँजी १ अर्ब १२ करोड रुपैयाँको कुल ५ प्रतिशत लाभांश घोषणा गरेको हो। जसमा ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश रहेका छन्।
प्रस्ताव लाभांश पारित गर्न कम्पनीले मंसिर १४ गते वार्षिक साधारणसभा डाकेको छ। साधारणसभा काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ९ बजे सुरु हुनेछ।


















