Dhulikhel Eco Banner new

पेट्रोल २० र डिजेल २९ रुपैयाँले घट्यो

4.54K
shares

काठमाडौं, ११ असार । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य २० रुपैयाँ र डिजेल र मट्टितेको मूल्य २९ रुपैयाँले घटाएको हो । यो मूल्य शनिबार राती १२ बजेदेखि लागू हुने छ ।

घटेको मूल्य अनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल–मट्टितेलको १६३ कायम हुनेछ । शनिबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्णय गरेको थियो ।