Dhulikhel Eco Banner new

एकैदिन १७ सय बढीमा डेङ्गी संक्रमण

4.5K
shares

काठमाडौं, १ कात्तिक । मंगलबार एकै दिन १७ सयभन्दा बढीमा डेङ्गी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरका १ हजार ७१४ जनामा डेङ्गी संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा डेङ्गीबाट संक्रमित हुनेको संख्या ४१ हजार ७४३ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । योसँगै ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशका ७ वटै प्रदेश र ७७ वटै जिल्ला डेङ्गी फैलिएको छ ।