Dhulikhel Eco Banner new

देउवालाई बहसमा आउन ओलीको चुनौती

4.56K
shares

काठमाडौं, १ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित बहरमा आउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री देउवालाई बहसमा आउनका लागि चुनौती दिएका हुन् ।

ओलीले त्यस्तो बहसका लागि आफू तयार रहेको सामाजिक सञ्जालमा लेखेका छन् । सामाजिक सञ्जालमार्फत धेरैले एजेण्डा आधारित बहसका लागि सुझाव दिएको भन्दै ओलीले देउवालाई तयार हो÷होइन भनी प्रश्न समेत गरेका छन् ।

‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरूले ‘लाइभ डिबेट’ मा आउन आग्रह गर्नुभएको छ । धेरैजसोले मेरो र नेकांका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनुभएको छ’, ओलीले लेखेका छन्, ।