Dhulikhel Eco Banner new

साल्ट ट्रेडिङको घट्यो नाफा, हेर्नुस अन्य सुचक कस्ता ?

2.98K
shares

काठमाडौं, २ साउन । साल्ट ट्रेडिङ कर्पोरेसनको अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा घटेको छ । कम्पनीको खुद नाफा ६ करोड ३२ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २ मा यस्तो नाफा ७ करोड ८८ लाख रुपैयाँ थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७१ पैसा छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी २८ रुपैयाँ २६ पैसा थियो । कम्पनीको बिक्री आम्दानी भने ५२ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ८ अर्ब ७८ करोड रहेकोमा गत आर्थिक वर्ष १३ अर्ब ३५ करोड पुगेको छ ।

कम्पनीको बिक्री लागत अघिल्लो आर्थिक वर्षमा ७ अर्ब ८२ करोड थियो भने गत आवमा १२ अर्ब २६ करोड पुगेको छ । अघिल्लो आवमा नछुट्याइएको कर्मचारी बोनस गत आवमा ८४ लाख छुट्याइयो । अघिल्लो आवमा ४४ करोड ५० लाख रहेको ब्याज खर्च गत आर्थिक वर्षमा ५८ करोड पुगेको छ ।