Dhulikhel Eco Banner new

अर्थतन्त्र सकारात्मक हिसावले अघि बढिरहेको र यसलाई दिगो बनाउपर्छ : चन्द्रप्रसाद ढकाल

2.72K
shares

काठमाडौं, १६ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सकारात्मक हिसावले अघि बढिरहेको र यसलाई दिगो बनाउनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारण सभामा बोल्दै उनले मौद्रिक नीतिपछि शेयर बजार बढिरहेको र घरजग्गाको कारोबार बढेको र अर्थतन्त्र सकारात्मक हिसावले अघि बढिरहेको भन्दै यसलाई दिगो बनाउनुपर्ने बताएका हुन् ।

उनले निजी क्षेत्रको अनुगमन र निरीक्षण अख्तियार र शतर्कता केन्द्रले गर्दा अर्थतन्त्र चलायमान बन्न नसक्ने, निजी क्षेत्रले रोजगारीको क्षेत्र र उत्पादन वृद्धि गर्न नसक्ने स्थिति बन्ने बताए ।

अहिले बैंक तथा वित्तीय संस्थामा प्रशस्त मात्रामा लिक्विडिटी भएको अवस्था छ । रेमिट्यान्स बढेर आएको छ । फरेन करेन्सीको रिजर्भ त्यत्तिकै बढेको छ । मौद्रिक नीतिपछि सेयर मार्केटको एक्टिभिटी बढेको छ । घरजग्गाको कारोबार पनि यो बीचमा बढेको छ । पोजिटिभ हिसावले अघि बढिरहेको छ । यसलाई दिगो बनाउने हिसाबले अघि बढ्नुपर्छ,’ उनले भने ।

यस्तै सरकारले काम लगाएपछि तत्काल भुक्तानी दिन्छ भन्ने सन्देश दिन सके अर्थतन्त्र चलायमान बनाउने क्रियाकलाप बढ्ने पनि उनले बताए । राजश्व चुवाहट बढेका कारण सीमाको कडाइ गर्नुपर्ने कुरामा सरकारले बढी प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।