शिवम् सिमेन्ट्सको घट्यो खुद नाफा
वि.सं.२०८१ माघ २८ सोमवार १०:५७
shares

काठमाडौं, २८ माघ । शिवम् सिमेन्ट्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ अर्ब १० करोड १६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.८८ प्रतिशत कम हो।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ३ अर्ब ५१ करोड रुपैयाँ थियो। कम्पनीको यस्तो नाफा ६१.७७ प्रतिशत घटेर ५ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीको यस्तो नाफा १४ करोड ८५ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा २०.६३ प्रतिशत घटेको छ भने अन्य आम्दानी २७.९७ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा १२.३८ प्रतिशत घटेको छ। ५ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब १० करोड रुपैयाँ सञ्चित छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपौयँ ८३ पैसा घटेर २ रुपैयाँ ८ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ३१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५५.७६ गुणा रहेको छ।

















