Dhulikhel Eco Banner new

युनियन, प्राइम र गुराँस लाईफको मर्जर भाडिने सम्भावना !

5.8K
shares

काठमाडौं, १७ असार । मर्जरमा जोन सहमति गरेका तीनवटा लाईफ इन्सोरेन्सका कम्पनीको मर्जर भाडिने सम्भावना बढेको छ । मर्जरमा जाने विषयमा सहमति भएको युनियन, प्राइम र गुरासँ लाईफ इन्सोरेन्स बीच सहमति हुन नसकेको र मर्जर भाडिने सम्भावना बढेको स्रोतले जनाएको छ ।

बीमा समितिले पुँजी वृद्धि गर्नका लागि बीमा कम्पनीहरुलाई आग्रह गरेको छ । त्यसका लागि मर्जरलाई पहिलो प्राथमिकता दिएको छ । यि तीन वटा कम्पनीलाई मर्जरमा जानका लागि बीमा समितिले सैद्धान्तिक सहमति समेत दिइसकेको थियो । तीन कम्पनीबीच बैशाख २९ गते मर्जरमा जाने प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

मर्जर भाडिने भन्ने कुरा हल्ला मात्रै भएको युनिएन लाईफ इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज लाल कर्णले दावी गरे । कुनै पनि हालतमा मर्जर भाडिने भन्ने कुरा हुँदैन तीन कम्पनी मर्ज हुनेमा कुनै संका नगर्न उनले आग्रह गरे । ‘मर्जर भाडिने कुरा हल्ला मात्रै हो हल्लाको पछि नलाग्नुहोस्, भदौ भित्र मर्जरको काम हुन्छ,’ उनले भने ।