Dhulikhel Eco Banner new

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्झौता

4.81K
shares

काठमाडौं, २७ माघ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एकआपसमा गाभ्ने/गाभिने सम्बन्धि प्रारम्भिक सम्झौता गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको कार्यालयमा अध्यक्षको समुपस्थितिमा दुवै कम्पनीका संचालक समितिका अध्यक्ष लगायत संचालक र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा सम्झौता सम्पन्न भएको हो ।

उक्त सम्झौतामा यस कम्पनीका संचालक तथा मर्जर समितिका संयोजक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार दुवै कम्पनी एकआपसमा गाभिए पश्चात वन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमती भएको छ ।

मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारणसभामा लगिनेछ । दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एव डिडिए रिर्पोट समेतका आधारमा आईएमई जनरल इन्स्योरेन्स लि.र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर अनुपात क्रमश १ः१ कायम रहने गरी सम्झौता गरीएको छ ।