Dhulikhel Eco Banner new

मर्जर प्रस्ताव पारित गर्दै सकियो यूनियन लाइफकाे विशेष साधारण सभा

4.71K
shares

काठमाडौं, ६ वैशाख । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण मर्जर प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । सभाले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी अन्तिम प्रस्तावहरुलाई पारित गरेको हो ।

त्यसै गरी एक आपसमा गाभिए पश्चात बन्ने जीवन बीमा ब्यवसाय गर्ने कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कायम गरी सो नामबाट जीवन बीमा ब्यवसाय संचालन गर्ने सम्बन्धी प्रस्ताव समेत पारीत गरेको छ । साथै तीनबटै कम्पनिको शेयर अनुपात क्रमशः १ः१ः१ कायम गर्ने, एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम संझौतापत्र, सहमतीपत्र तथा अन्य भए गरेका मर्जर सम्बद्ध संझौताहरुको अनुमोदन गर्ने, चल/अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदनतयार गर्नका लागि नियुक्त लेखापरीक्षक/मुल्यांकनकर्ताको नियुक्ति तथा पारिश्रमिकको अनुमोदन, एक आपसमा गाभ्ने÷गाभिने प्रयोजनको लागि बाँकी काम कार्यवाही/प्रक्रिया अगाडी बढाउन संचालक समितलाई अख्तियारी समेत दिएको छ ।

साथै संचालक समितीमा ्हुने फेरबदल, तथा संचालक समितीको कार्यकाल सम्बन्धि प्रस्ताव समेत पारीत भएको छ । यसका अलाबा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने, पुँजी संरचना परिर्वतन लगायतका सम्पूर्ण प्रस्ताबहरु सर्वसम्मत रुपमा पारीत गरेको छ ।