Dhulikhel Eco Banner new

शेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम ८७ करोड मात्रै

4.89K
shares

काठमाडौं, ६ वैशाख । साताको चौथो कारोबार दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बुधबार शेयर बजार परिसूचक १५ दशमलव १३ अंकले बढेको हो ।

अघिल्ला दिनहरुमा लगातार रुपमा ओरोलो लागेको शेयर बजार परिसूचक आज १९२० दशमलव १२ अंकमा पुगेर बन्द भएको छ । शेयर बजारमा दोहोरो अंकको सुधार आए पनि कारोबार रकममा भने अझै पनि सुधार आउन सकेन । बुधबार २७३ कम्पनीका २५ लाख ७९ हजार ३२५ कित्ता शेयर किनबेचबाट ८७ करोड २१ लाख ४१ हजार ११६ रुपैयाँको मात्रै कारोबार भएका छ ।

त्यस्तै क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि आज १ दशमलव १२ अंकले बढेको छ । बुधबारको कारोबार बन्द हुँदा सेन्सेटिभ इन्डेक्स ३६५ दशमलव ९० विन्दुमा पुगेको छ ।