Dhulikhel Eco Banner new

रिलायवल नेपाल लाइफको सातौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

3.48K
shares

काठमाडौं, १६ भदौ । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा कारोबार शुरु गरेको ७ वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनीप्रति विश्वास गरी बिमालेख खरिद गर्नु हुने करिव ७० लाख बीमितहरु, कम्पनीको पहुँचलाई दुर दराज सम्म पुर्‍याउन अहं भूमिका खेल्ने रिलायवल एडभाइजर नियमनकारी निकायहरु, लगानीकर्ता, अहोरात्र काम प्रति समर्पित कर्मचारी वर्गहरू, पत्रकार, लगायत समस्त सरोकारवालाहरुलाई हार्दिक आभार व्यक्त गरेको छ ।

कम्पनीका अनुसार हाल सम्मको उपलब्धीबाट हामीलाई थप कार्य गर्नको लागी उर्जा प्राप्त भएको छ भने भविष्यमा अझ ठुलो जिम्मेबारी वहन गर्नको लागी थप प्रेरणा प्राप्त हुने अपेक्षाका साथ समस्त स्टक होल्डरबाट थप सहयोग तथा विश्वास प्राप्त हुने अपेक्षा पनि गरेका छौ । आगामी दिनमा सेवा उच्च प्राथमिकता राखी, थप ग्राहक मैत्री भई उत्कृष्ठ कारोबार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस अवसरमा कम्पनीका कर्मचारी तथा एडभाइजरहरु समेतको उल्लेख्य सहभागिता केन्द्रीय कार्यालयमा बीमा जागरण सहितको प्रभातफेरी र अन्य शाखाहरुमा विभिन्न कार्यक्रमहरु गरी सातौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको कम्पनीले जनाएको छ ।

दमक, नारायणगढ, लेखनाथ, वुटवल, नेपालगंज शाखाहरुमा रक्तदान, दमौली शाखाको आयोजनामा भोर्लेटारमा स्वाथ्य शिविर, धनकुटामा स्वास्थ्य शिविर, राजविराज शाखामा वृक्षारोपण विभिन्न शाखाहरुद्धारा विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु तथा वृद्धाश्रममा खाध्य सामाग्रीहरु वितरण तथा सरसफाई समेत गरी मनाएको कम्पनीले जनाएको छ ।