एनएलजी इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा नूर प्रकाश प्रधान नियुक्त
वि.सं.२०८१ माघ २० आइतवार ११:२०
2.15K
shares
shares

काठमाडौं, २० माघ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वतन्त्र सञ्चालकमा नूर प्रकाश प्रधान नियुक्त भएका छन् ।
कम्पनीको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई उक्त जिम्मेवारी दिएको हो ।प्रधानले गोपनीयताको सपथ ग्रहण गर्दै औपचारिक रूपमा पदबहाली गरेका छन् ।
सपथ ग्रहण कार्यक्रममा कम्पनी सञ्चालक समिति सदस्यहरू, उच्च व्यवस्थापन टोली, तथा कम्पनीका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।



















