Dhulikhel Eco Banner new

भेनेजुएला भूकम्पमा मृत्यु हुनेको संख्या १६४ पुग्यो, ९७१ जना घाइते

689
shares

काठमाडौं, ११ असार । भेनेजुएलामा भूकम्पमा मृत्यु हुने संख्या १६४ पुगेको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रड्रिगेजका अनुसार भूकम्पमा परी ९ सय ७१ जना घाइते भएका छन्।

बुधबार बिहानै ७.२ र ७.५ रेक्टर स्केलको भूकम्प गएको थियो। यसलाई शताब्दीयताकै ठूलो भूकम्प मानिएको छ। भूकम्पपछि अग्ला भवनहरु भत्किएका थिए। छिमेकी देशहरुमा समेत भूकम्प महशुस गरिएको थियो।

ला गुएइरा सहरमा भग्नावशेषबाट तीन बालबालिकालाई जीवितै उद्धार गरिएको बताइएको छ। यो सहर काराकासको उत्तरतर्फ छ।दर्जनौँ भवनहरु भत्किएको कार्यवाहक राष्ट्रपति रड्रिगेजलाई उद्धृत गर्दै एपीले जनाएको छ।