Dhulikhel Eco Banner new

अर्बपति स्याओ चियानह्वालाई १३ वर्षको जेल सजाय

5.3K
shares

काठमाडौं, ४ भदौ । चीनका चर्चित अर्बपति स्याओ चियानह्वालाई १३ वर्षको जेल सजायको फैसला गरिएको छ । हङकङमा टाइकन स्याओ चियानह्वा बेपत्ता भएको पाँच वर्षभन्दा धेरै समय भएपछि चीनले औपचारिक रुपमा जियोमाथि मुद्या चलाएको हो । उनी सन् २०१७ को सुरूवातदेखि बेपत्ता भएका थिए । चियानह्वालाई हङकङको एक होटलको कोठाबाट अपहरण गरेर चीन लगिएको थियो ।

अदालतका अनुसार स्याओ र उनको कम्पनीले १० बिलियन डलर ठगीको अपराधमा पक्राउ गरिएको थियो । सन् २०२० को मध्यतिर चीनका नियामकहरूले जियोसँग सम्बन्धित ९ वित्तिय संस्थाहरूमाथि नियन्त्रण गरेका थिए । नियामकहरूले आर्थिक स्थायित्व कायम गर्ने प्रयास गरिरहँदा सरकारले यस्तो कदम उठाएको हो । उनी बेपत्ता हुनु अघि द हुरून रिपोर्टले जियोलाई करिब ६ बिलियन डलरको मालिक हुन सकने बताइएको थियो ।

गैरकानुनी रूपमा निक्षेप संकलनको आरोपमा सामान्यतया इजाजतपत्र नभएका संस्थाहरू वा जनताबाट रकम जम्मा गर्ने व्यक्तिहरू पर्दछन् । चीनको आपराधिक कानुनले यस अपराध अन्तर्गत तीन वर्षभन्दा कम देखि १० वर्ष जेल सजाय दिन्छ ।