करेन्ट लागेर बाबु–छोराको मृत्यु
वि.सं.२०७९ भदौ ४ शनिवार ११:२९
shares

काठमाडौं, ४ भदौ । बाँकेको नेपालगञ्जमा करेन्ट लागेर बाबु–छोराको मृत्यु भएको छ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १७ निवासी करिब ४० वर्षीय पर्शुराम कलवार र उनका छोरा २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको हो ।
बाबु छोरोनको करन्टबाट मृत्यु भउको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक रामप्रसदात घर्तीले जानकारी दिए । अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु पर्शुरामलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
घाइते भएका उनीहरुको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक घर्तीले जानकारी दिए । अहिले शव परीक्षणका लागि भेरी अस्पताल लगिएको छ ।

















