नेपाल फर्केपछि विदेशी बैंकमै पैसा राख्न चाहनेले नेपालीले राष्ट्र बैंकको अनुमति लिनुपर्ने
वि.सं.२०८१ भदौ ४ मंगलवार १२:४९
shares

काठमाडौं, ४ भदौ । नेपाल फर्केपछि विदेशी बैंकमै पैसा राख्न चाहनेले नेपालीले ३५ दिनभित्र नेपाल राष्ट्र बैंकको अनुमति लिनुपर्ने भएको छ ।
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्था अनुसार कुनैपनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनैपनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाएको बैंकले जनाएको हो ।
‘विदेशी विनिमय नेपालमा फर्किसकेपछि ३५ दिनभित्र स्वदेश फर्काउने व्यवस्था गर्नुपर्छ’, राष्ट्र बैंकले मंगलबार वित्तीय चेतनामुलक सूचना जारी गर्दै भनेको छ, ‘तर व्यक्ति नेपाल फर्केपछि पनि यस्तो खाता वा लगानी कायमै राख्न चाहेमा सो खाता वा लगानी रहेको बैंकको नाम, ठेगाना, खाता नम्बर, विदेशी मुद्रा तथा रकम खुलाई सोको जानकारी तोकिएको ढाँचामा नेपाल राष्ट्र बैंकमा ३५ दिनभित्र निवेदन दिनुपर्छ ।’



















