यस्तो छ बिहीवारका लागि विदेशी मुद्राको विनिमयदर
वि.सं.२०८१ फागुन १ बिहीवार ०९:५८
shares

काठमाडौं, १ फागुन । नेपाल राष्ट्र बैंकले बिहीवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८.७४ रुपैयाँ र बिक्रीदर १३९.३४ रुपैयाँ कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १४४.०६ रुपैयाँ र बिक्रीदर १४४.६८ रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२.८५ रुपैयाँ र बिक्रीदर १७३.६० रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५२.३६ रुपैयाँ र बिक्रीदर १५३.०२ रुपैयाँ कायम गरिएको छ।
अस्ट्रेलियन डलर एकको खरिददर ८७.१६ रुपैयाँ र बिक्रीदर ८७.५३ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.०५ रुपैयाँ र बिक्रीदर ९७।४७ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.५५ रुपैयाँ र बिक्रीदर १०३.०० रुपैयाँ निर्धारण गरिएको छ।
त्यसैगरी जापानी येन १० को खरिददर ९.०४ रुपैयाँ र बिक्रीदर ९.०८ रुपैयाँ निर्धारण गरिएको छ ।
















