Dhulikhel Eco Banner new

‘बीमामा मर्जरको विकल्प छैन, हामी पनि पार्टनर खोज्दैछौं’

9.91K
shares

काठमाडौं, १७ असार । बीमा व्यवसायका लागि चुनौतीहरु थपिदै गएका छन् । बीमा समितिले जीवन बीमा कम्पनीलाई ५ अर्ब र नीर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब पुँजी पुर्याउन निर्देशन दिएको छ । यसका लागि पहिलो प्राथमिकता मर्जरलाई दिइएको छ । जसले गर्दा पछिल्लो समय बीमा कम्पनीहरु धमाधम मर्जरका लागि सम्झौता गर्दै आइरहेका छन् ।

बीमा कम्पनीहरुलाई टड्कारो रुपमा पुँजी वृद्धि गर्नु पर्ने चुनौती देखिन्छ । त्यसले गर्दा मर्जरमा जानका लागि अर्को कम्पनी खोज्नु पर्ने पनि चुनौती बनेको छ । यो अवस्थामा सगरमाथा इन्सोरेन्सले पुँजी वृद्धिको काम कसरी गरिरहेको छ र यसै पेरिफेरिमा रहेर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) चंकी क्षेत्रीसँग केटिएम भ्वाइसकर्मी युकला पौडेलले गरेको कुराकानीको सम्पादित अंश :

अहिले समग्र बीमा व्यवसायको अवस्था कस्तो छ ?

अहिले समग्र बीमा व्यवसायको अवस्था राम्रै छ । ठीकै छ । अहिले २० प्रतिशतको ग्रोथ रहेको छ । कारोनाले सामान्य प्रभाव पारेपनि अहिले अवस्था सामान्य बन्दै गइरहेको छ ।
पोहोरको साल १५ प्रतिशत भएको बीमा व्यवसाय यो वर्ष भने २० प्रतिशतले बढेको छ ।

अहिले माइक्रोइन्स्योरेन्सको पनि लाइसेन्स दिने कुरा छ, यसले बीमा व्यवसायलाई कस्तो असर पार्ला ?

त्यो त अब कस्तो आउँछ थाहा छैन् त्यसको कुनै नियम कानुन छैन । त्यसैले अहिले नै यस्तो हो भन्न सकिने अवस्था छैन् । जीवन र निर्जीवन बीमा व्यवसायमा तोक्ने भनेको छ तर कति के तोक्छ त्यो त आएपछि मात्र थाहा हुन्छ ।

पुँजी वृद्धिको योजनाले कस्तो असर पारिरहेको छ । कसरी वृद्धि पुर्याउदैं हुनुहुन्छ ?

पूँजी वृद्धिको योजना दुई प्रकारले बढाउन सकिन्छ । एउटा बोनस शेयर अर्को राइट शेयर । बोनस शेयरको समय निश्चित भएकाले त्यो सम्भव छैन । कुनै कम्पनीले सक्यो भने मात्र हो नत्र सक्दैन । अनि राइट शेयर पुरै नदिने भएपछि मर्जरको अर्को विकल्प नै छैन् ।
हामी पनि मर्जरमा जानका लागि पार्टनर खोजीरहेका छौँ । असार मसान्तभित्र एम ओ यु बुझाउनु पर्ने भएकाले अलि हतार भएको छ । त्यसैले मर्जरको लागि पार्टनर खोजीरहेका छौँ । अब यो दुई हप्ताभित्र थाहा हुन्छ को कुन कम्पनीसँग गाभिने छन् भनेर ।

समग्रमा तपाईको कम्पनीको बीमा व्यवसाय राम्रो छ हैन त ?

समग्रमा ठीकै छ राम्रो चलेको छ । मेरो मात्र नभएर सबै कम्पनीहरुको व्यसाय राम्रै छ । अझै राम्रो हुने थियो तर अहिलेको राजनितिक अवस्था, तरलताको अभाव भएर अलि असर परेको हो, नत्र ठीक छ ।
बीमा व्यवसाय त जति लगानी बढ्यो त्यति बीमा व्यवसाय बढ्ने त हो नी । अहिले भएको लगानी जुन छ त्यसलाई कसरी सुरक्षित गर्ने भनेर अगाडि बढिरहेका छौँ । अब देशले विकास ग¥र्योकी हामी पनि विकास गरिहाल्छौँ ।

कोरोनाले तपाइको कम्पनीलाई कत्तिको असर पारेको छ ?

कोरोनाले असर पारेको छ थोर बहुत । कोरानाले त मान्छेको व्यक्तिगत जीवनमा त असर पारेको छ भने यो त कम्पनी हो यसमा त प्रत्यक्ष रुपमा असर परिहाल्छ नी । तर पनि अहिले अवस्था सामान्य बन्दै गईरहेको छ ।

भुकम्पपछि बीमा गर्नुपर्छ भन्ने सकरात्मक सोचको विकास भएको थियो, कोरोनाले त्यो प्रभाव पार्यो पी पारेन ?

कारोना पछि पनि बीमा गर्नुपर्छ भन्ने सोच त सबैमा आएको हो । कोरोना बीमा सेल्फ पनि एकदम राम्रो भएको थियो तर सरकारले दावी भुक्तानीमा विभिन्न प्रोसेस र भुक्तानीमा ढिलाई भएका कारणले बीमा क्षेत्रमा अलि प्रभाव पारेको छ ।
अझै पनि भुक्तानी पाउनेहरुले त बीमा गर्न उत्सुक नै छन् तर जसले भुक्तानी पाएका छैनन् उनीहरुले बीमा गरेर पनि केही हुन्न भन्ने खालको नकरात्मक सन्देश प्रवाह गरिरहेका छन् । त्यसलाई सरकारले छिट्टै भुक्तानी गरिदियो र प्रक्रिया सहज बनाइदियो भने बीमा व्यवसायमा सकारात्मक प्रभाव पर्ने थियो ।

अन्त्यमा केही भन्न चाहानुहुन्छ ?

अन्त्यमा बीमा गर्नु राम्रो हो बीमा गर्नु पर्छ । अनि यो कोरोना बीमाको भुक्तानी जस जसले पाउनुभएको छैन् । सरकारले दिन्छु भनेको कुरा हो अवश्य दिन्छ । ढिलो भएको मात्र हो । तर सरकारले समयमा नै यसको भुक्तानी दिएको भए समाजमा बीमा प्रतिको सोच एकदम सकरात्मक भएर जाने थियो ।