Dhulikhel Eco Banner new

नयाँ मौद्रिक नीति साउनको पहिलो साता

6.45K
shares

काठमाडौं, १७ असार । नेपाल राष्ट्र बैंकले साउनको पहिलो साता आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । नेपाल राष्ट्र बैक पोखराले आयोजना गरेकोे बैंकनोट शेरडिङ्ग एण्ड ब्रिकेटिङ्ग सिस्टम बारे अन्तरक्रिया कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले आगामी बर्ष २०७९/०८० को मौद्रिक नीति साउनको पहिले हप्ता ल्याउने तयारी भइरहेको जानकारी दिएका हुन् ।

‘मौद्रिक नीति साउनको पहिलो हप्ताभित्रमा सार्वजनिक गर्ने तयारीमा हामी लागेका छौँ, जुन विगतमा भन्दा केही छिटो पनि हो, पहिलो हप्ता भन्दा पछि नपुर्‍याउने प्रयासमा हामी छौँ,’ गर्भनर अधिकारीले भने ।

उक्त कार्यक्रम पश्चात गभर्नर अधिकारीले बैकका सीईओहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रममा आगामी मौद्रिक नीतिका सन्दर्भ समेत छलफल हुने बताइएको छ ।