सामान्य अंकले बढ्यो शेयर बजार, कारोबार रकम घट्यो
वि.सं.२०८२ चैत ९ सोमवार १५:०८
shares

काठमाडौं, ९ चैत । सोमवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार २.१३ अंकले बढेर २,९३३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५८ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन १५ अर्ब ६३ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा सालापा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी सनराइज फर्स्ट म्युचुअल फण्ड फन्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ३.७१ प्रतिशतका दरले गुमाएका छन् ।















