शेयर बजारमा १५४ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ चैत ९ सोमवार १५:१३
shares

काठमाडौं, ९ चैत । सोमवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ५.०१ अंकले बढेर २,९३६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १५४ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन १५ अर्ब ७८ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा सनराइज फष्ट म्युअचल फन्डका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ३.७१ प्रतिशतका दरले कमाएका छन् ।
यसदिन कुमारी घनवृद्धि योजनाका लगानीकर्ताले ३.५६ प्रतिशतका दरले गुमाएका छन् भने सिन्धु विकास बैंकका लगानीकर्ताले ३.२३ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी सिटिजन्स सन्तुलित योजनाका लगानीकर्ताले २.८६ प्रतिशतका दरले गुमाएका छन् भने स्वस्तिक लघुवित्तका लगानीकर्ताले २.७५ प्तिशतका दरले गुमाएका छन् ।















