सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ चैत ९ सोमवार १५:१३
shares

काठमाडौं, ९ चैत । सोमवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार २.१३ अंकले बढेर २,९३३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५८ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन १५ अर्ब ६३ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा सालापा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी मनकामना इन्जिनियरिङ हाइड्रोपावरका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले कमाएका छन् ।















