Dhulikhel Eco Banner new

सानिगाड हाइड्रोको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आज अन्तिम दिन

1.35K
shares

काठमाडौं, ११ चैत । सानिगाड हाइड्रो लिमिटेडले निष्काशन गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले चैत ८ गतेदेखि उक्त आईपीओ बिक्री खुला गरेको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कम्पनीले कुल ८५ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ।

जसमध्ये २८ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ भने ५ लाख ७० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको हो।

यस आईपीओमा आवेदन दिन इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निर्धारित समयभित्र आवेदन नदिएमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यो अवसर गुमाउनेछन्।