आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ योग्यता ?
वि.सं.२०८२ चैत ११ बुधवार १०:२०
shares

काठमाडौं, ११ चैत । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले देशभर रहेका शाखा कार्यालयका लागि मार्केटिङ विभाग अन्तर्गत चार पदका लागि कर्मचारी मागेको हो ।
सहायक प्रबन्धक तथा उपप्रबन्धक पदका लागि न्यूनतम स्नातक (स्नातकोत्तरलाई प्राथमिकता) उत्तीर्ण भई निर्जीवन बीमा क्षेत्रमा कम्तीमा ६ वर्षको अनुभव आवश्यक पर्ने कम्पनीले जनाएको छ। त्यस्तै, कम्पनीले सिनियर डेभलपमेन्ट अफिसर, मार्केटिङ अफिसर तथा वरिष्ठ मार्केटिङ अफिसर पदका लागि स्नातक (स्नातकोत्तरलाई प्राथमिकता) उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव माग गरेको छ ।
डेपुटी डेभलपमेन्ट अफिसर तथा डेभलपमेन्ट अफिसर पदका लागि न्यूनतम प्लस टु-स्नातकलाई प्राथमिकता) उत्तीर्ण भई बीमा, बैंकिङ वा वित्तीय संस्थामा कम्तीमा २ वर्षको अनुभव आवश्यक पर्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी, प्रशिक्षार्थी डेभलपमेन्ट अफिसर पदका लागि प्लस टु उत्तीर्ण उमेर २५ वर्ष ननाघेका इच्छुक उम्मेदवारहरूले आवेदन दिन सक्नेछन् । यस पदमा नयाँ उम्मेदवारहरूलाई पनि अवसर दिइएको छ भने बीमा क्षेत्रको मार्केटिङमा करियर बनाउन चाहनेहरूलाई प्राथमिकता दिइनेछ।
इच्छुक उम्मेदवारहरूले चैत २५ गते भित्र अनलाइन मार्फत आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।


















