Dhulikhel Eco Banner new

कालिन्चोक हाइड्रोपावरको आईपीओ चैत २२ गतेदेखि सर्वसाधारणका लागि खुला

2.51K
shares

काठमाडौं, १२ चैत । कालिन्चोक हाइड्रोपावर लिमिटेडले चैत २२ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन आईपीओ खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल १३ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। जसमध्ये ५ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याएर बाँडफाँड गरिसकिएको छ।

अब बाँकी सेयरमध्ये ४१ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि र १६ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। बाँकी ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिनेछ।

आईपीओमा आवेदन दिन चाहनेले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति चैत २५ गतेसम्म तोकिएको छ।

कम्पनीलाई केयर रेटिङ्ग नेपालले “केयरएनपी डबल बी” इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।