Dhulikhel Eco Banner new

शेयर संरचना परिवर्तन गर्दै कर्पोरेट डेभलपमेन्ट बैंक

624
shares

काठमाडौं, १४ असार । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक र सर्वसाधारण शेयरको संरचना परिवर्तन गर्ने भएको छ।

हाल संस्थापक शेयरधनीको स्वामित्व ७० प्रतिशत र सर्वसाधारण शेयरधनीको स्वामित्वमा ३० प्रतिशत रहेकोमा संस्थापकतर्फको १० प्रतिशत शेयर सर्वसाधारणमा परिवर्तन गर्न लागेको हो।

परिवर्तन पश्चात् संस्थापकतर्फको शेयर स्वामित्व ६० प्रतिशत र सर्वसाधारणतर्फको शेयर स्वामित्व ४० प्रतिशत हुनेछ। कुनै संस्थापक शेयरधनीले आफ्नो शेयर सर्वसाधारणमा परिवर्तन गर्न नचाहेमा ३५ दिनभित्र बैंकको प्रधान कार्यालयमा लिखित निवेदन दिनु पर्नेछ।

तोकिएको म्यादभित्र लिखित निवेदन प्राप्त नभएमा संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्न मञ्जुर रहेको ठानी सोही बमोजिम प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।