भिर फोड्ने चालकलाई व्यवसायी कटुवालको पुरस्कार
वि.सं.२०८३ असार १४ आइतवार १३:४६
494
shares
shares

काठमाडौं, १४ असार । जोखिमपूर्ण भीर फोडेर राजमार्ग बनाउन खटिएका स्काभेटर अपरेटर (डोजर चालक) लाई व्यवसायी नरेस कटुवालले पुरस्कार दिने भएका छन् । खोटाङको राजापानीमा रहेको गर्जभीर भनेर चिनिने पहाड फोरेर रेग्मीटार सगरमाथा राजमार्गको बाटो खोल्न डोजर लगाइएको थियो ।
उक्त साहसिक कामबाट पञ्भावित भएका नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष कटुवालले चालकद्वय सिन्धुलीका प्रकाश लामा १० हजार र हेटौडाका प्रकाश पाख्रिनलाई ५ हजार पुरस्कार स्वरुप प्रदान गर्ने बताएका हुन् ।



















