Dhulikhel Eco Banner new

१० वर्षदेखि निष्क्रिय बैंक खाताको रकम राज्यकोषमा ल्याइने

3.38K
shares

काठमाडौं, १५ चैत । सरकारले १० वर्ष भन्दा बढी समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खातामा रहेको रकम राज्यकोषमा ल्याउने निर्णय गरेको छ।

सरकारले शासकीय सुधारका लागि सार्वजनिक गरेको छ एक सय कार्यसूची मार्फत् यस्तो व्यवस्था गरेको हो ।

यसअन्तर्गत त्यस्ता खाताहरूको विवरण सङ्कलन गरी हकवालाले दाबी नगरेको रकम कानुनी प्रक्रिया पूरा गरेर राज्यकोषमा ल्याइनेछ। निष्क्रिय स्रोतहरूको प्रभावकारी उपयोग र अन्य स्रोतहरूको पहिचान तथा व्यवस्थापनका लागि सरकारले ९० दिनको समयसीमा तोकेको छ।